Jaya Bhagawati melauli sunchadi

‘नरसिंहा अवतार’मा राजेश हमालको जोडी को बन्दैछन् ?

Patan vally

काठमाडौं । फिल्म ‘नरसिंहा अवतार’मा अभिनेता राजेश हमालको अपोजिटमा नीति शाह कास्ट हुने भएकी छन् । निर्देशक दिवाकर भट्टराईले अभिनेत्री शाहलाई लिड फिमेल भूमिकामा अनुबन्धित गरिएको जानकारी दिए ।

Kailpal bahudeshiya

नीतिले पनि अनलाइनखबरलाई यो फिल्ममा आफू कास्ट भएको जानकारी दिइन् । केही महिनाअघि नीतिलाई साइन गराइए पनि मेकरले यो खबरलाई गोप्य राखेका थिए । नीतिको कास्टिङबारे औपचारिक जानकारी दिने तयारी छ ।
यसबारे निर्देशक भट्टराईले भने, ‘इमोसन र ब्युटीको हिसाबले उहाँ यसमा पर्फेक्टरुपमा प्रस्तुत हुँदै हुनुहुन्छ । दर्शकसँग कनेक्ट गर्ने भूमिकामा उहाँ देखिनुहुनेछ ।’

केही दिनमा राजेश र नीति दुवैले फिल्मको वर्कसप ज्वाइन गर्ने जनाइएको छ । यो एक्सन तथा सोसल ड्रामा फिल्मको छायांकन भदौ अन्त्यदेखि सुरु गर्ने तयारी छ ।

‘नरसिंहा अवतार’बाट राजेश हमाल पुनरागमनको तयारीमा छन् ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.