Jaya Bhagawati melauli sunchadi

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो, तोलाको कति ?

Patan vally

काठमाडौं :  आज सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । सुनको भाउ तीन सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Kailpal bahudeshiya

हिजो सुन तोलाको एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५० रुपैयाँमा काराेबार भएकाे थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.