Jaya Bhagawati melauli sunchadi

पुर्चौंडी बहुमुखी क्याम्पसमा स्ववियु चुनाव, निर्वाचन कार्यतालिका भन्दा एक दिन पछि हुने

Patan vally
Kailpal bahudeshiya

बैतडी : देशभर  त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा निर्वाचन कार्यतालिका अनुसार चैत्र ५ गते अर्थात भोलि स्ववियु निर्वाचन हुने भएपनि बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसमा चैत ६ गते स्ववियु निर्वाचन हुने भएको छ ।

विद्यार्थी संगठनहरुबीच सहमतिका लागि ढिलो निर्वाचन प्रक्रिया शुरु भएकाले क्याम्पस सञ्चालक समितिको बैठकले चैत ६ गते स्ववियु निर्वाचन गर्ने निर्णय भएको निर्वाचन अधिकृत नवराज जोशीले बताए ।

पुर्चौंडी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चैत १ गते मनोनयन दर्ता भएको थियो । स्ववियु नेतृत्वका लागि तीनओटा विद्यार्थी संगठनहरु चुनावी मैदानमा रहेका छन् ।

नेपाल विद्यार्थी संघ उत्तरा महरालाई स्ववियु सभापतिको उम्मेदवार बनाउँदै चुनावी मैदानमा उत्रेको छ भने अनेरास्ववियु विष्णुदत्त अवस्थीको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ । यस्तै अनेरास्ववियु क्रान्तिकारी गीता भण्डारीको नेतृत्वमा चुनावी मैदानमा उत्रेको छ ।

पुर्चौंडी बहुमुखी क्याम्पसमा ५ सय ५७ जना विद्यार्थी मतदाता रहेका छन् ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.