

बैतडी : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की उत्तरा महरा विजयी भएकि छन ।
मङ्गलबार भएको निर्वाचनमा महरा ११९ मत प्राप्त गर्दै विजयी भएकि हुन् ।
निकटतम प्रतिद्वन्दी अनेरास्ववियुका विष्णु दत्त अवस्थीले १०३ मत ल्याए । अखिल क्रान्तिकारीकी गिता भण्डारीले ९३ मत ल्याइन ।
सचिवमा पनि नेविसंघकै सन्दीप भण्डारी ११७ मत ल्याएर विजयी भए ।
कोषाध्यक्षमा अनेरास्ववियुकि बबिता साउदले १२५ मत ल्याएर विजयी भएकी हुन भने नेविसंघ कि भागरथी कुमारी जोशीले १०३ प्राप्त गरिन ।

सदस्यमा नेविसंघकी अस्मिता विष्ट १२०, अनेरास्ववियुकी सरिता बोहरा ११०, नेविसंघकी अस्मिता धनुषे १११, डम्बर बहादुर ऐर ११२, केशव साउद १२३ मत प्राप्त गर्दै बिजयी भएका हुन ।
५ सय ५७ मतदाता रहेको पुर्चौडी बहुमुखी क्याम्पसमा ३ सय ३० मत खसेका थिए ।



