

बैतडी : मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न नेकपा एमाले बैतडीले आज सोमबार जिल्लाका ८४ वटै वडाहरुमा सचेतना कार्यक्रम गरेको छ ।

जिल्ला स्थित सबै वडाहरुमा देशको बर्तमान राजनीतिक अवस्था र पुरातनवादी सोचका विरुद्ध पार्टी पङ्क्ति र जनतालाई जानकारी गराएको नेकपा एमाले केन्द्रिय सदस्य तथा बैतडी जिल्ला ईन्चार्ज लिलाधर भट्टले जानकारी दिनुभयो ।

प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन र जनसचेतना फैलाउने काम गरिएको उहाँले बताउनुभयो ।


साथै ३ महिने वडा केन्द्रित अभियानको समिक्षा समेत गरिएको एमाले जिल्ला कमिटी अध्यक्ष नरेश बिकले बताए ।




