Jaya Bhagawati melauli sunchadi

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा, मन्त्री भण्डारीले उद्घाटन गर्ने

Patan vally

हरि सिंह साउद/ पुर्चौडी समाचारदाता 

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका स्थित कमलविशाल पार्कमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन मन्त्री भण्डारीले गर्ने भएका छन् ।

१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्ने जिल्ला खेलकूद विकास समिति बैतडीका अध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिनुभयो ।

Kailpal bahudeshiya

भोलि बुधबारबाट सुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जिल्ला खेलकूद विकास समिति अध्यक्ष भण्डारीले बताए ।

मन्त्री भण्डारी संगै सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधर मन्त्री सुरेन्द्र पाल, सुदुरपश्चिम प्रदेशसभा सदस्य जानकी ऐर बम र १० वटै पालिकाका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहने जिल्ला खेलकूद विकास समिति अध्यक्ष भण्डारीले बताए ।

भोलि विहान ६ बजे देखि नै खेलहरु संचालन हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

गत बर्ष मेलौलीमा सम्पन्न प्रतियोगितामा मेलौली नगरपालिका प्रथम भएको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.