Jaya Bhagawati melauli sunchadi

दुर्गास्थान स्वास्थ्य चौकी अन्तर्गतका टोलहरु पुर्ण खोप सुनिश्चितता घोषणा

Patan vally

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नं. २ स्थित दुर्गास्थान स्वास्थ्य चौकी अन्तर्गतका टोलहरु पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । बुधबार मेलौली नगरपालिका स्वास्थ्य तथा सरसफाइ शाखा दुर्गास्थान स्वास्थ्य चौकीको आयोजनामा दुर्गास्थान स्वास्थ्य चौकी अन्तर्गतका टोलहरुलाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

Kailpal bahudeshiya

बैशाख भित्र दुर्गास्थान स्वास्थ्य चौकी अन्तर्गतका १६ देखि ५९ महिनासम्मका ७९ जना बालबालिकाले पुर्ण खोप प्राप्त गरेका छन । जसमा दलित समुदायका २८ जना, ब्राह्मण क्षेत्री समुदायका ३८ जना र अन्य समुदायका १३ जना बालबालिकाहरुले पुर्ण खोप प्राप्त गरेका दुर्गास्थान स्वास्थ्य चौकीका ईन्चार्ज टंक प्रसाद बागले जानकारी दिनुभयो । २२ जना बालबालिकाले नियमित खोप पाईरहेका उहाँले बताउनुभयो ।उनले बालबालिकाले जुन समयम खोप पाउनुपर्ने हो सोही समयमा खोप लगायो भने खोपले राम्रो काम गर्ने भएकाले बालबालिकाले पाउनुपर्ने सबै खोप समयमै लगाउने कुरामा अभिभावकले पनि सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

बुधबार नै मेलौली नगरपालिकाका ३, ७ र ९ नम्बर वडालाई समेत पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । जेठ महिना भित्र सबै वडाहरुलाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरि असार १० गते भित्र समग्र  नगरपालिकालाई नै पुर्ण खोप सुनिश्चित पालिका घोषणा गरिने मेलौली नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सि.अ.हे.ब अधिकृत राज बहादुर चन्दले जानकारी दिनुभयो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.