Jaya Bhagawati melauli sunchadi

मेलौली नगरपालिका पुर्ण खोप सुनिश्चित पालिका घोषणा

Patan vally

बैतडी: बैतडीको मेलौली नगरपालिका पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ।बुधबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत  सि.अ.हे.ब अधिकृत राज बहादुर चन्दले जानकारी दिनुभयो ।

हरेक बर्ष खोप पाउने उमेरका बालबालिकाहरुले खोप पाएको एकीन भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्ने गरिएको स्वास्थ्य शाखा प्रमुख भाटले जानकारी दिए ।

मेलौली नगरपालिकाका ९ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

Kailpal bahudeshiya

नगर क्षेत्रभित्र रहेका जन्मेदेखि १५ महिना सम्मका ३१९ जना र १६ महिनादेखि ५ बर्ष सम्मका ९५६ जना बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुअघि खोप कार्यकर्ताहरुले घरघरमा पुगेर बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको एकीन गरेका थिए ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा बोल्दै नगर प्रमुख भीम बहादुर चन्द (भुकम्प)ले नगरबासीहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन नगरपालिकाले हरसम्भव प्रयास गरिरहेको बताए।

यस्तै उपप्रमुख पार्वती बोहरा विष्टले खोप पाउनु बालबालिकाहरुको नैसर्गिक अधिकार भएकाले यसमा सबैको सहयोग आवश्यक रहेको बताइन् ।

नगरप्रमुख भीम बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर उपप्रमुख पार्वती बोहरा विष्ट विशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।यसैबीच पालिका भरीका १० जना स्वास्थ्यकर्मीहरुलाई पनि उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मान समेत गरिएको छ

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.