Jaya Bhagawati melauli sunchadi

बैतडीको केदारेश्वर माविमा बैशाख ७ गतेदेखि शिवमहापुराण ज्ञान महायज्ञ सञ्चालन हुने

Patan vally

बैतडी : बैतडीको मेलौली २ स्थित केदारेश्वर माध्यमिक विद्यालयको प्राङ्गणमा शिवमहापुराण ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ।

केदारेश्वर मा.वि. शिवपुराण तथा ज्ञान महायज्ञ ब्यवस्थापन समिति दुर्गास्थानको आयोजनामा आगामी बैशाख ७ गतेदेखि संगीतमय शिवमहापुराण ज्ञान महायज्ञ शैक्षिक एवम धार्मिक महामहोत्सव सञ्चालन हुने महायज्ञ मूल समिति संयोजक डम्वर दत्त पाण्डेयले जानकारी दिए ।

धार्मिक आस्था अभिवृद्धि तथा सामाजिक सद्भाव कायम गरि मानव जीवनलाई सत्मार्गमा डोर्‍याउने, भावी सन्ततीहरुलाई सनातन धर्मको मूलधारमा ल्याउने वातावरणको सिर्जना गरि युवा पिढीलाई आदर्शवान,नैतिकवान एवम संस्कारयुक्त बनाउने उद्देश्यले उक्त महायज्ञ आयोजना गर्न लागिएको संयोजक पाण्डेयले बताए ।

महायज्ञमा प्रखर वाचक आचार्य श्री सत्यराज अवस्थीद्वारा संगीतमय प्रवचन तथा कथा वाचन गरिनेछ। महायज्ञ लगातार ११ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

Kailpal bahudeshiya

महायज्ञ अवधिभर भजन–कीर्तन, आरती तथा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू, राष्ट्रिय कलाकारहरूबाट संगीतमय प्रस्तुति, विषेश शान्ति कलश पुजन, सन्ध्योपासन, योगाभ्यास, संगीतमय पूजन तथा देवलिला झाँकी लगायतका कार्यक्रम गरिनेछन्। कार्यक्रममा दैनिक रूपमा ठूलो संख्यामा श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

महायज्ञबाट संकलित रकम विद्यालयको स्तरोन्नति, शैक्षिक विकास, पूर्वाधार सुधार तथा विद्यालयको समग्र विकासमा खर्च गरिने आयोजकले जनाएको छ।
आयोजकले धर्मप्रेमी श्रद्धालु भक्तजन महानुभावहरुलाई कथा श्रवण एवम् शिक्षाका लागि गरिने समाजिक तथा पुनित कार्यमा सहभागीता जनाईदिन अनुरोध गरेको छ ।

महायज्ञ २०८३ बैशाख ७ गते बिहान १० बजे कलश यात्राबाट सुरु भइ बैशाख १७ गतेसम्म चल्नेछ ।

सरोकारवाला सबैमा महायज्ञ संचालन मूल समितिले सहयोगका लागि अपील गरेको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.