Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौली २ स्थित गोकर्णेश्वर शिव धाममा वृक्षारोपण

Patan vally

बैतडी: बैतडीको मेलौली नगरपालिका २ स्थित गोकर्णेश्वर शिव धाम परिसरमा वृक्षारोपण गरिएको छ ।

विभिन्न प्रजातिका जडीबुटीका बिरुवा र अन्य बिरुवाहरु धाम परिसरमा रोपण गरिएको गोकेर्णेश्वर धामका संरक्षक विवेकानन्द पाण्डेयले बताए ।

Kailpal bahudeshiya

डिजिभन वन कार्यालय बैतडीले शिव धामका लागि विभिन्न १२ प्रजातिका बिरुवा उपलब्ध गराएको स्थानीय समाजसेवी महेशदत्त भट्टले बताए । बुधबार धाम परिसरमा वृक्षारोपण गरिएको उनले बताए ।
यस्तै डिभिजन वन कार्यालयले स्थानीयहरुलाई समेत निशुल्क रुपमा विरुवा वितरण गरेको जनाएको छ ।

गोकर्णेश्वर शिव धामका लागि डिभिजन वन कार्यालयका साथै कञ्चनपुरबाट विजयराज पन्तले आफ्नो नर्सरीबाट बिरुवा उपलब्ध गराएको पाण्डेयले बताए ।

शिव धाम परिसरमा विभिन्न १ सय ८ प्रजातिका बिरुवा रोपण गरेको उनले बताए । धाम परिसरमा नमूना वन बनाउने आफूहरुको योजना रहेको उनले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.