Jaya Bhagawati melauli sunchadi

जनचेतना आविलाई मेलौली वडा नम्बर १ द्वारा भौतिक सामग्री हस्तान्तरण

Patan vally

बैतडी : बैतडीको मेलौली नगरपालिका–१ गंगापुरस्थित जनचेतना आधारभूत विद्यालयको बालविकास कक्षाका लागि मेलौली नगरपालिका वडा नं १ ले भौतिक सामग्री हस्तान्तरण गरेको छ।

बालविकास कक्षाको सिकाइलाई थप प्रभावकारी र बालमैत्री बनाउन वडा कार्यालयले एक थान टेलिभिजन, एक थान कार्पेट तथा बालबालिकाका लागि बस्ने स्टुल हस्तान्तरण गरेको वडा अध्यक्ष शरद नेगी जानकारी दिए।

Kailpal bahudeshiya

वडा अध्यक्ष नेगीले शुक्रबार उक्त सामग्री विद्यालयका प्रधानाध्यापक वीरसिंह नायकलाई हस्तान्तरण गरेका हुन ।

सामग्री हस्तान्तरणपछि वडा अध्यक्ष नेगीले प्रारम्भिक बाल शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइएको बताउँदै आगामी दिनमा पनि विद्यालयको आवश्यकता अनुसार सहयोगलाई निरन्तरता दिइने जानकारी दिए ।

प्रधानाध्यापक वीरसिंह नायकले वडा कार्यालयको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै प्राप्त सामग्रीले बालविकास कक्षाको पठनपाठनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता सहयोगले बालबालिकालाई प्रविधिमैत्री र व्यवस्थित सिकाइ वातावरण उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.