Jaya Bhagawati melauli sunchadi

बैतडीमा चितुवाको आक्रमणबाट १२ वर्षीय बालक घाइते

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीको सुर्नया गाउँपालिका–३ गोयली पैरा, लम्सिला मा चितुवाको आक्रमणबाट एक १२ वर्षीय बालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय दिपेश भट्ट रहेका छन्।

स्थानीयका अनुसार आइतबार बिहान दुईवटा बच्चासहित देखिएको चितुवाले अचानक आक्रमण गर्दा बालकको टाउकोमा गम्भीर चोट लागेको छ।

घटनालगत्तै स्थानीयवासी र नेपाल प्रहरीको टोलीले घाइते बालकको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बैतडी पुर्‍याएका थिए। त्यहाँ प्राथमिक उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी   रिफर गरिएको छ।

सुर्नया गाउँपालिका–३ का पूर्व वडा अध्यक्ष दिलाराम भट्टका अनुसार बच्चासहितको चितुवाले आक्रमण गरेको र घाइते बालकलाई तत्काल अस्पताल पठाइएको पुष्टि गर्नुभयो।

बस्तीनजिकै निरन्तर चितुवा देखिन थालेपछि सो क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन्। वन क्षेत्र आसपास आवतजावत गर्दा विशेष सावधानी अपनाउन र सम्भावित जोखिम नियन्त्रणका लागि तत्काल कदम चाल्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.