


बैतडी : बैतडीबाट २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार प्रकाशचन्द्र भट्ट एमालेमा प्रवेश गरेका छन् । आइतबार सम्पन्न एमालेको जिल्ला कमिटिको बैठकमा भट्टलाई एमालेले स्वागत गरेको हो ।
रास्वपाको पूर्व जिल्ला संयोजकको भूमिकामा समेत रहेका प्रकाशचन्द्र भट्टले एक विज्ञप्ती नै जारी गरी रास्वपा परित्याग गरेको र एमालेमा प्रवेश गरेको जनाएका छन् ।
पार्टी नेतृत्व जनभावना र मर्म अनुरुप चल्न नसकेको तथा सुझाव सल्लाह दिदापनि कुनै परिवर्तीत जनअपेक्षित आधार हुन नसक्ने र चरम चाकरीबाजमा लिप्त भएको हुदा पार्टी परीत्याग गरेको विज्ञप्तीमा उल्लेख गरेका छन् । उनले प्रतिनिधिसभा चुनावमा १४ सयबढी मत ल्याएका थिए । ‘पार्टीमा जोडिने छुट्टीने स्वतन्त्रताको कुरा हो, रास्वपामा मेरा धेरै कुराहरु असन्तुष्टिका विषयहरु छन्, विज्ञप्तीमा उल्लेख गरिसके’ उनले भने ।
पार्टी कार्यालय गडीमा सम्पन्न बैठकमा विभिद विषयमा समिक्षा गरिएको एमालेले जनाएको छ । पालिकागत समिक्षाका कार्यक्रमदेखि अन्य कार्यक्रमहरु सञ्चालन गरिने निर्णयहरु भएको बताइएको छ ।



