

बैतडी : बैतडीका युवा जनप्रतिनिधि एवं नेपाली कांग्रेसका नेता प्रेमबहादुर चन्द नेपाली कांग्रेस मेलौली नगरपालिकाको उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।

नेपाली कांग्रेसको संस्थापन ईतर (देउवा पक्ष) निकट नेता चन्द मंगलबार सम्पन्न अधिवेशनबाट मेलौली नगरपालिका उपसभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्।
राजनीतिमा सक्रिय चन्दले पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्दै संगठन सुदृढीकरणमा प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।



