
उदयदेव–पाटन प्रिमियर लिग (UPPL-6) लागि पाटन ४का बिष्टले गरे उपविजेता पुरस्कार र आयोजक टीमलाई जर्सी सहयोग


बैतडी : कार्तिक ८ गते देखि हुन गईरहेको उदयदेव पाटन प्रिमियर लिगको छैटौँ संस्करणलाई सफल बनाउन पाटन नगरपालिका–४ निवासी युवा नेता, समाजसेवी तथा युवा व्यवसायी राजेन्द्र सिंह बिष्टले सहयोग गरेका छन्।
डाँडाबाघ सप्लायर्सका संचालक समेत रहेका विष्टले प्रतियोगिताको दोस्रो पुरस्कारका लागि रु. ५५ हजार ६ सय ६६ नगद सहित आयोजक टिमका लागि जर्सीसमेत उपलब्ध गराएका आयोजक पाटन एकता समाजका महासचिव सन्तोश जोशीले जानकारी दिए ।
खेलकुद क्षेत्रको विकास, युवाहरूलाई खेलप्रति आकर्षित गर्न तथा स्थानीय स्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको उक्त सहयोगप्रति आयोजक कमिटीले धन्यवाद व्यक्त गरेको छ।
आयोजक कमिटीले बिष्टको सहयोगले प्रतियोगिता सञ्चालनमा थप उत्साह मिल्नुका साथै खेलाडीहरूको मनोबल बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सहभागिता जनाउने टीमहरुले यहि असोज २७ गते राति १२ बजेसम्म टीम दर्ता गरिसक्नुपर्ने छ ।



