

बैतडी : बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ को आयोजनामा पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ। विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना हुन लागेको प्रतियोगिता कात्तिक ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिनुभयो ।
मेलौली नगरपालिका–३ स्थित कुजागाड शेरामा सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा खेलप्रेमीलाई वडा कार्यालयले आग्रह गरेको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, द्वितीय हुने टोलीले ७ हजार रुपैयाँ तथा तृतीय हुने टोलीले ४ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा अध्यक्ष भाटले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुन चाहने टोलीले कात्तिक ४ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने सूचनामा उल्लेख छ।
खेल प्रचलित नियमअनुसार सञ्चालन गरिने र कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय अन्तिम हुने वडा कार्यालयले जनाएको छ।



