Jaya Bhagawati melauli sunchadi

पाटनको UPPL-6 मा १२ टोली सहभागी हुने, टिमको नाम सार्वजनिक

Patan vally

बैतडी : बैतडीको पाटनमा आगामी कार्तिक ८ गतेदेखि आयोजना हुने छैटौँ संस्करणको उदयदेव पाटन प्रिमियर लिग (UPPL-6) मा १२ टोली सहभागी हुने भएका छन् ।
आयोजक पाटन एकता समाजका अध्यक्ष किरण चन्दका अनुसार प्रतियोगितामा सहभागी हुन १३ टोलीले दर्ताका लागि निवेदन दिएका थिए । तर, एक टोलीले आवश्यक कागजात पूरा गर्न नसकेपछि १२ टोली मात्रै दर्ता भएका हुन् ।

Kailpal bahudeshiya

दर्ता भएका टोलीमा नागार्जुन सिम क्रिकेट क्लब, पाटन भ्याली क्रिकेट क्लब, सहस्रलिङ्ग क्रिकेट क्लब, हिमचुली युवा सदन, रिभरसाइड युवा क्लब (धारीलो), पत्तालभुमेश्वर युवा क्लब, सुर्नया युनाइटेड क्लब, कैलपाल उदयदेव युवा क्लब, ओदाली म्याभरिक्स, बनारसी क्रिकेट क्लब, जगन्नाथ लायन्स र पाटन स्टार क्रिकेट क्लब रहेका छन् ।

कार्तिक ८ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको खेल तालिका कार्तिक ६ गते सार्वजनिक गर्ने तयारी रहेको आयोजकले जनाएको छ । खेल तालिका सार्वजनिक गरी टाइसेट तयार गर्ने भएकाले सबै टोलीका कप्तान वा प्रतिनिधिलाई अनिवार्य उपस्थित हुन आयोजकले आग्रह गरेको छ ।
“सबै टिमका प्रतिनिधि बोलाएर टाइसेट तयार गर्ने भन्ने छ । त्यसैले सबै टोलीका प्रतिनिधि उपस्थित भइदिन अनुरोध गरेका छौँ,” अध्यक्ष चन्दले भन्नुभयो ।
कृष्ण माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ६ सय ६६ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
त्यस्तै, म्यान अफ द सिरिजलाई ट्रफीसहित १३ हजार ६ सय ६६ रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही पाँच हजार ६ सय ६६ रुपैयाँ तथा उदयमान खेलाडीलाई तीन हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । म्यान अफ द म्याचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
पाटन एकता समाजले यसअघि प्रतियोगिताका पाँच संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.