

२०३९ सालमा बैतडीको सिगासमा जन्मिएका वीर सिह धामीलाई त्यो बेला पढ्ने वातावरण भने त्यती सहज थिएन । गरिव परिवार, अनि त्यो वेला पढ्नुपर्छ भन्ने धारणाको धेरै विकास पनि भएको थिएन । पढाइ गर्न नजिकै विद्यालय नभएपनि टाढा टाढा गएर पढाइलाइ निरन्तरता दिदै अहिले उनै धामी सिगास गाउँपालिकामा सफलताको उदाहरणीय पात्र बनेका छन् ।
उनले २०६२ देखी शिव माध्यमिक विद्यालय गढतोलाबाट शिक्षण पेशामा आवद्ध भए । पहिलो एक बर्ष बिना तलब विद्यार्थीलाई पढाए । उनल २०६३ देखी ०६५ साल सम्म ३ वर्ष मासिक २००० तलब भत्ता पाउने गरी काम गर्नुभयो । त्यसपछि २०७५ सालमा शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणीको शिक्षक पदको आन्तरिक विज्ञापन बाट स्थायी हुदै उत्कृष्ट संघर्ष गर्दै निःशुल्क शिक्षण पेशा अंगालेका शिक्षक धामीले आफ्नो अर्को “रेकर्ड“ कायम राख्दै शिव माध्यमिक विद्यालयको प्राथमिक तह तृतीय श्रेणीमा स्थायी शिक्षक पदमा नियुक्त हुनुभयो ।

२०७५ सालमा प्राथमिक तह तृतीय श्रेणीमा स्थायी शिक्षक पदमा नियुक्त भएका वीर सिह धामी योग्यताको हिसाबले स्नातक तहसम्मको शिक्षा हासिल गरेका शिक्षक हुन् । २०७५ साल देखि हालसम्म शिव माध्यमिक विद्यालय गाढतोलामा कार्यरत रहेका शिक्षक वीर सिह धामी हालै सोही विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त भएका छन् ।
उनले भने ‘जुन बेला पहिलो पटक म निःशुल्क शिक्षण पेशामा लागेको थिएँ त्यो बेला लाग्थ्यो यो पेशा पनि ठिक छैन, पछि संघर्ष गर्दै गए सफलता पनि हासिल गर्न सफल भए ।’
शिव माध्यमिक विद्यालय गढतोलाको विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार २०८१ असोज ४ गते उहाँ सो विद्यालयको प्रधानाध्यापक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएको छ ।



