Jaya Bhagawati melauli sunchadi

बैतडीमा पनि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Patan vally

बैतडी : बैतडीमा पनि भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाइने भएको छ । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत कात्तिक २ र ३ गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि र बाल भिटा खुवाउन लागिएको स्वास्थ्य कार्यालय बैतडीमा सूचना अधिकारी बिपिन लेखकले जानकारी दिए ।

Kailpal bahudeshiya

६ देखी ५९ महिना सम्मका २० हजार ७ सय १२ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ खुवाइने सूचना अधिकारी बिपिन लेखकले बताए । यस्तै  १२ ५९ महिना सम्मका १८ हजार १९५ बालबालिकालाई जुकाको औषधी खुवाइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यसैगरी ६ देखी २३ महिना सम्मका बाललिकाहरुलाई बालभिटा पनि खुवाइनेछ ।

भिटानिम ‘ए’कार्यक्रम सञ्चालनका लागि जिल्लाभरी ८३१ महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएका सूचना अधिकारी लेखकले बताए । आन्तरीक तयारी सबै पुरा भैसकेको र जिल्लाभरीका सबै स्वास्थ्य संस्थाहरुमा भिटामिन ‘ए’क्याप्सुल, जुकाको औषधी र बालभीटा पुर्याइसकिएको  स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

नजिकका गाउँघर क्लिनिक, खोप केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा आफ्ना बालबालिकाहरुलाई लगेर भिटामिन ‘ए’, जुकाको औषधी र बालभिटा खुवाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ । गाउँघर क्लिनिक, खोपकेन्द्र, स्वास्थ्य संस्थाहरुमा बालबालिकाहरुलाई भिटामिन ‘ए’, जुकाको औषधी र बालभीटा खुवाइने स्वास्थ्य प्रमुख तिर्थराज भट्टले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.