Jaya Bhagawati melauli sunchadi

डोटिको सुजङ अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु, तीन जना डाक्टर प्रहरी नियन्त्रणमा

Patan vally

डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ।

Kailpal bahudeshiya

खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो। सामान्य उपचारपछि बुधवार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधीले रियाक्सन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

प्रहरीले उपचारमा संलग्न ३ जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ। डाक्टर राजमणि यादव, डाक्टर सुरेन्द्र कुमार चौधरी र डाक्टर अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी इन्सपेक्टर सुर्यप्रकाश भट्टका अनुसार बालिकाको शव हाल अस्पतालमै छ। मृतकका आफन्त घरबाट आइपुगेका छैनन्।

‘मृतकका आफन्त आइपुगेपछि मात्र घटनाको विषयमा सत्यतथ्य थाहा हुनेछ। अहिले मृतकका आफन्त आउँदैछन्। घटनाको अनुसन्धानका लागि तीन जना चिकित्सकलाई हामीले नियन्त्रणमा लिएका छौँ। अहिले घटनाको प्रारम्भिक अनुसन्धान समेत भएको छैन।’

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.