Jaya Bhagawati melauli sunchadi

बैतडी र दार्चुला जोड्ने सडकखण्ड पहिरोका कारण अवरुद्ध

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडी र दार्चुला जोड्ने दशरथचन्द राजमार्ग अबरुद्ध बनेको छ । बैतडीको पाटन नगरपालिका –४ मा जेउडेमा आइतबार करिब ६ बजेको समयमा पहिरो गएपछि राजमार्ग पूर्णरुपमा अबरुद्ध बनेको हो ।
मोड सुधारको क्रममा कटिङ भइरहेकै समयमा माथिबाट खसेको पहिरोले सडक पूृर्णरुपमा अबरुद्ध बनेको सडक डिभिजन कार्यालय पाटनका प्रमुख लक्ष्मणदत्त जोशीले जानकारी दिए ।
प्रहरी र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको र रातीको समयमा पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले समेबार बिहानदेखि पहिरो पन्छाउने काम थालिने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक मकेन्द्र मीश्रले जानकारी दिए ।
पहिरोको जोखिम अझै पनि रहेकाले रातीको समयमा सडक खुलाउन नसकिने सडक डिभिजन प्रमुख जोशीले बताए । ‘अझै पनि बेलाबेला माटो खसिरहेको छ, रातीको समयमा माथिबाट पहिरो आएको थाहा नै हुदैन, राती पन्छाउन सकिदैन, ’ प्रमुख जोशीले भने ।
सोमबार बिहानैदेखि पहिरो पन्छाउने काम हुने उनले बताए । केशर कन्ट्रक्सनले मोड सुधारको काम गरिरहेको थियो ।
सडक अबरुद्ध बनेसँगै बैतडी र दार्चुलाबाट छुटेका छोटो तथा लामो दुरीका सवारीसाधनहरु त्यही रोकिएका छन्, भने यात्रुहरु अलपत्र अवस्थामा रहेका छन् ।
दार्चुला र बैतडीबाट छुटेका सवारी साधनका यात्रुहरुलाई सत्बाझ लगायतका बजार क्षेत्रमा सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ । त्यसैगरी तराइका जिल्लाबाट आएका सवारी साधनका यात्रुहरुलाई पाटन बजारमा बस्न आग्रह गरिएको छ । सोही व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्याय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोली यात्रु व्यवस्थापनमा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.