Jaya Bhagawati melauli sunchadi

बैतडीको पाटनमा नि:शुल्क आँखा शिविर सुरु, २२१ जनाले सेवा लिए

Patan vally

बैतडी : बैतडीको पाटनमा आईतवार देखि नि:शुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको आयोजनामा पाटनमा शिविरको आयोजना गरिएको हो ।

Kailpal bahudeshiya

पहिलो दिन ३२१ जनाको आँखा परिक्षण गरिएको थियो । १८२ महिला र १३९ पुरुष गरी ३२१ जनाको आँखा परिक्षण गरिएको आँखा शिविर संयोजक नरेन्द्र बिष्टले जानकारी दिए ।
३२१ मध्ये ८१ जनाको आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको शिविर संयोजक बिष्टले बताए ।

सोमबार पनि आँखा शिविर सञ्चालन हुनेछ । आँखा सम्बन्धि विरामी भएकाहरुले भोली साँझ ४ बजेसम्म सेवा लिन सक्नेछन् ।

यस अघि दोगडाकेदारमा २ दुई दिने निशुल्क आँखा शिविर संचालन गरिएको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.