

म चिन्दिन सृजना,
तिमी को हौ?
तर, तिमीले विवेकलाई गर्ने प्रेम,
नजिकैबाट देखेको छु,

रोमियो-जुलियट,
मुना-मदन पढ्ने मलाई,
तिमिहरूको सम्बन्ध देख्दा,
मलाई कुनै प्रेमका पुस्तकमा रुचि थिएन।
तर, आज यही प्रकृतिको पर्दा झरेपछि,
सृजना, सृष्टिको व्यवस्था कस्तो हो?
विवेकी शैलीमा, सधैंभरि सोधिरहनेछु।
Words By Shyam Gaire



