

हरि सिंह साउद / पुर्चौडी सम्बादाता
बैतडी : बैतडीको पुर्चौडी नगरपालिका ७ कोटिलामा १५ दिने साबुन तथा सोडा उत्पादन सीप विकास तालिम सम्पन्न भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पुर्चौडी नगरपालिकाको आयोजनामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

२०८१ साल चैत्र २६ बाट सुरु भएको कार्यक्रम बुधबार सम्पन्न भएको हो । सीप विकास तालिममा तरल झोल सोडा र डल्लो साबुन कसरी बनाउने भन्ने बारेमा प्रशिक्षक लक्ष्मी मल्लले प्रशिक्षण दिएकी थिईन ।
तालिममा २० जना महिलाहरुको सहभागीता रहेको थियो । तालिम निकै उपलब्धिपुर्ण रहेको भन्दै प्रशिक्षक मल्लले सिकेको सीप प्रशिक्षार्थीहरुले ब्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।
पुर्चौडी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा नगर प्रबक्ता धिरेन्द्र बहादुर बम को अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि नगर उपप्रमुख मिना धानुक रहनुभएको थियो । प्रमुख अतिथि धानुकले सीप विकासका लागि पालिकाबाट हुने सहयोगका लागि आफु सधैं तयार रहेको बताए ।
तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।



