Jaya Bhagawati melauli sunchadi

बैतडीको पुर्चौडीमा १५ दिने साबुन तथा सोडा उत्पादन सीप विकास तालिम सम्पन्न

Patan vally

हरि सिंह साउद / पुर्चौडी सम्बादाता 

बैतडी : बैतडीको पुर्चौडी नगरपालिका ७ कोटिलामा १५ दिने साबुन तथा सोडा उत्पादन सीप विकास तालिम सम्पन्न भएको छ ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत पुर्चौडी नगरपालिकाको आयोजनामा बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

Kailpal bahudeshiya

२०८१ साल चैत्र २६ बाट सुरु भएको कार्यक्रम बुधबार सम्पन्न भएको हो । सीप विकास तालिममा तरल झोल सोडा र  डल्लो साबुन कसरी बनाउने भन्ने बारेमा प्रशिक्षक लक्ष्मी मल्लले प्रशिक्षण दिएकी थिईन ।
तालिममा २० जना महिलाहरुको  सहभागीता  रहेको थियो ।   तालिम निकै उपलब्धिपुर्ण रहेको भन्दै प्रशिक्षक मल्लले सिकेको सीप  प्रशिक्षार्थीहरुले ब्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो ।

पुर्चौडी नगरपालिका वडा नं. ७ का  वडा अध्यक्ष तथा नगर प्रबक्ता धिरेन्द्र बहादुर बम को अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि नगर उपप्रमुख मिना धानुक रहनुभएको थियो । प्रमुख अतिथि  धानुकले सीप विकासका लागि पालिकाबाट हुने सहयोगका लागि आफु सधैं तयार रहेको बताए ।

तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.