Jaya Bhagawati melauli sunchadi

पञ्जाबलाई हराउँदै बेंगलुरु आईपीएलको फाइनलमा प्रवेश

Chand Kirana Pasal
Patan vally

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो क्वालिफायरमा पञ्जाब किङ्सलाई ८ विकेटले हराउँदै बेंगलुरु उपाधिको एक कदम नजिक पुगेको हो ।

पञ्जाबले दिएको १०२ रनको लक्ष्य बेंगलुरुले १० ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । फिलिप साल्टले अविजित ५६ रन बनाए । मयंक अगरवालले १९ रन बनाउँदा कप्तान रजत पाटिदार १५ रनमा अविजित रहे ।

पञ्जाबका लागि काइल जेमिसन र मुशीर खानले १-१ विकेट लिए ।

Kailpal bahudeshiya

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाब १४.१ ओभरमा १०१ रनमा अलआउट भएको थियो । मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाए । प्रभसिमरन सिंह र अजमतुल्लाह ओमरजाइले समान १८ रन बनाए ।

बेंगलुरुका लागि जोश हेजलवूड र सुयाश शर्माले ३-३ विकेट लिँदा यश दयालले २ तथा भुवनेश्वर कुमार र रोमारियो शेपहर्डले १-१ विकेट लिए ।

यस हारका बाबजुद पञ्जाबका लागि अर्को एक मौका हुनेछ । पञ्जाबले अब एलिमिनेटरमा हुने गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।

गुजरात र मुम्बईबीचको एलिमिनेटर खेल शुक्रबार हुनेछ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.