Jaya Bhagawati melauli sunchadi

नेकपा एमाले मेलौली-४ को तेस्रो वडा अधिवेशन सम्पन्न, अध्यक्षमा लक्षी औजी चयन

Patan vally

बैतडी : नेकपा एमाले बैतडीले वडा अधिवेशन सुरु गरेको छ। यसैक्रममा मेलौली नगरपालिका–४ को तेस्रो वडा अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।

अधिवेशनबाट लक्षी औजीको अध्यक्षतामा ९ सदस्यीय वडा कमिटी गठन गरिएको नेकपा एमालेका युवा नेता तपेन्द्र विष्टले जानकारी दिएका छन्।

नवगठित वडा कमिटीको उपाध्यक्षमा गंगा देवी औजी, सचिवमा इन्द्र चन्द र उपसचिवमा जानकी भण्डारी चयन भएका छन्।

Kailpal bahudeshiya

अधिवेशनले पार्टीको संगठनलाई थप सुदृढ बनाउने, स्थानीय तहमा पार्टीको गतिविधि प्रभावकारी बनाउने तथा जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो।

नेकपा एमाले बैतडीले जिल्लाका विभिन्न वडामा अधिवेशन सञ्चालन गर्दै संगठन विस्तार र कमिटी पुनर्गठनको अभियानलाई अघि बढाएको छ।

मेलौली नगरपालिका–४ मा सम्पन्न तेस्रो वडा अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले पार्टीको नीति, विचार र कार्यक्रमलाई स्थानीयस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।

अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.