

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकाका कार्यपालिका सदस्य ऐते लुहारको मृत्यु भएको छ । लामो समयदेखि दुबै मृगौलाको बिरामी रहेका लुहारको बिहिबार दिउँसो सेती अस्पतालमा उपचारको क्रममा ५५ बर्षको उमेरमा मृत्यु भएको पुर्चौडी वडा नं. ३ का वडा अध्यक्ष खगेन्द्र बहादुर बोहराले बताए ।

पुर्चौडी वडा नं. ३ न्वादेउ घर भएका लुहारको खुट्टामा समेत समस्या रहेको थियो । खुट्टाको समस्याका कारण लठ्ठीको सहाराले हिडडुल गर्ने गरेका थिए । उनी २०७९ को निर्वाचन पछि नेपाली काङ्ग्रेसबाट कार्यपालिका सदस्यमा मनोनीत भएका भएका थिए ।



