

बैतडी : बैतडीको पुर्चौडी नगरपालिकामा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ ६ गते देखि सुरु हुने भएको छ ।

पुर्चौडी नगरपालिका स्थित कमल विशाल पार्कमा सुरु हुने प्रतियोगितामा पालिका भरिका मावि तहका विद्यालयको सहभागीता रहने पालिकाले जनाएको छ ।
सहभागिताका लागि विद्यालयहरुले माघ ३ गतेभित्र शिक्षा युवा तथा खेलकुद शाखामा टीम दर्ता गरिसक्नुपर्ने छ ।



