

गायक जनक धानुकको “साई मेरा प्रदेशी” सार्वजनिक भएको छ । मङ्सिर ७ गते बैतडीको पुर्चौडी नगरपालिका ४ घर भएका धानुकले “साई मेरा प्रदेशी” बोलको प्रदेशी पिडामा आधारित देउडा गीत बजारमा ल्याएका हुन।

यस गीतमा गायक जनक धानुकलाई गायिका पुर्णिमा ठगुन्नाले स्वरमा साथ दिएकी छिन । टेकराज अवस्थीले उक्त गीतलाई एरेन्ज गरेका हुन ।
“साई मेरा प्रदेशी” रमेश बिबश युटुब च्यानलमा हेर्न सकिने छ ।
यस अघि गायक धानुकले झरना लाई हाली, बुणी बन्नी बेल, मैना बाज, एकै दिनकी भेट, कलेजी खाईहली र सरली जस्ता देउडा गीत बजारमा ल्याइसकेका छन ।
