Jaya Bhagawati melauli sunchadi

सुदूरपश्चिमको शान्दार जित, विराटनगरलाई ९० रनले हरायो

Patan vally

काठमाण्डाै : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले हराएको छ ।

सुदूरपश्चिमले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा ९२ रनमा अलआउट भयो । विराटनगरका बसिर अहमदले सबैभन्दा धेरै २४ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहरा र स्कट कुगेलेनले ३/३ विकेट लिए ।

Kailpal bahudeshiya

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ५७ रन बनाए । विराटनगर किङ्ग्सका अनिल खरेलले ३ विकेट लिए ।

प्रतियोगितामा विराटनगरको यो लगातार दोस्रो हार हो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो । सुदूरपश्चिमले भने जीतसँगै प्रतियोगिताको शुरुआत गरेको छ ।

एनपीएलमा आजै दोस्रो खेलमा अहिले दिउँसो १ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स खेल्दैछन् ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.