

बैतडी : तिहारको अवसरमा बैतडीको शिवनाथमा सर्माली प्रिमियर लिग सिजन–४ आइतबारबाट सुरु भएको छ ।
बैतडी शिवनाथ गाउँपालिकाको मुख्य प्रायोजन तथा ब्राइट स्टार स्पोर्ट्स क्लबको आयोजनामा गाउँपालिकास्तरीय क्रिकेट प्रतियोगिता शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिंह साउदले उद्घाटन गरेका हुन ।

शिवनाथ गाउँपालिका २ स्थित खुल्पुरी खेलमैदान सर्मालीमा प्रतियोगिताको उद्घाटन गरिएको ब्राइट स्टार स्पोर्ट्स क्लबका सचीव मनोज साउदले जानकारी दिनुभयो ।
सार्माली प्रिमियर लिग सिजन–४मा १५ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको पहिलो दिन ब्राइट स्टार स्पोर्ट्स क्लब र सोलपाला क्रिकेट क्लब, CYC बाछला र शिवशक्ति क्रिकेट टिम तथा पल्सवाल स्ट्राइकर्स र पौँखर क्रिकेट क्लब बीच खेल हुनेछन्।
प्रतियोगितामा बिजेताले ५५ हजार ५ सय ५५ र उपबिजेताले २९ हजार ९ सय ९९ सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।



