Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा आज विहानैदेखि लागेको “सलेना दुत्त्या” मेला सम्पन्न

Chand Kirana Pasal
Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीको मेलौलीमा आज विहानैदेखि लागेको दुत्त्या मेला सम्पन्न भएको छ । मेलौली नगरपालिका वडा नं. २ सलेना स्थित दुत्त्या गडामा प्रत्येक बर्ष मार्गशीर्ष शुक्ल द्धितीयाका दिन लाग्ने एक दिने “सलेना दुत्त्या” मेला शान्तीपुर्ण बातावरणमा सम्पन्न भएको मेलौली वडा नं. २ का वडा अध्यक्ष कृष्ण दत्त भट्टले जानकारी दिनुभयो ।
बैतडीका विभिन्न ठाउँबाट दुत्त्या हेर्न आउनेहरुको घुइचो लागेको थियो ।
सबै धार्मिक स्थलमा लाग्ने जात्रा मेला सकिएपछिको अन्तिम मेला भएकाले पनि “सलेना दुत्त्या” को विशेष महत्व रहेको छ । गीर समेतको चःलो, देउडा,धामी सहित स्थानीयले भट्याउने भैलोका केही मौलिक आँखर पनि मेलामा प्रदर्शन गरिएका थिए ।
“सलेना दुत्त्या” मा स्थानियस्तरमा उत्पादित बस्तुहरुको खरिद विक्रि समेत गरिएको थियो । स्थानिय स्तरमा पाइने हलुवावेद, मदानीको पोरा, डोका, छाप्रा, सुन्तला, केरा, अम्बा लगायतका कृषि वस्तुहरु स्थानियहरुले बिक्रिका लागि राखेका थिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.