Jaya Bhagawati melauli sunchadi

बैतडीको सिगास-३ का ६३ घरहरूमा विद्युत् बिस्तार

Chand Kirana Pasal
Patan vally
Kailpal bahudeshiya
बैतडीको सिगास गाउँपालिका-३ का ६३ घरधुरीमा बिजुली बलेको छ । वडाको लगन, ठुलीसैन, मुसुणा, दुलैना र चमडेखर्कका ६३ घरहरुमा सोमबार ६३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् बिस्तार गरिएको हो ।
सोमबार गाउँपालिका अध्यक्ष हरिसिंह धामीले विद्युतको स्वीच थिच्दै ६३ घरहरुमा विद्युत सेवा सुचारु भएको घोषणा गरेका हुन् ।
सिगास गाउँपालिका र विद्युत प्राधिकरण बैतडीको साझेदारीमा विद्युतीकरणको काम भएको सिगास गाउँपालिका-३ का वडाअध्यक्ष  अमर सिंह धामीले जानकारी दिनुभयो । बाकी  रहेका टोलहरूमा क्रमिक रूपमा विद्युत बिस्तारको काम भैरहेको उहाँले बताउनुभयो ।
विद्युत सेवा सुचारु गर्दै गाउँपालिका अध्यक्ष हरि सिंह धामीले विभिन्न आरोह अवरोह पार गर्दै विद्युत सेवा पु¥याउन मद्दत पुर्याउन सहयोग गर्ने  सबैमा कृतज्ञता प्रकट गरे । चुनावी प्रतिवद्धता अनुसार काम भइरहेको अध्यक्ष धामीले बताउनुभयो । गाउँपालिकाले विद्युतीकरण र पुर्वाधारको कामलाई प्राथिमकतामा राखेर काम गरिएको गाउँपालिका अध्यक्ष धामीको भनाइ छ ।
विद्युत विस्तारको काम धमाधम भइरहेको र लगत्तै सोही वडाको २सय घरहरुमा विद्युतीकरण हुन गइरहेको विद्युत निर्माणको जिम्मा पाएको एसबी कन्ट्रक्सनका प्रतिनिधि प्रकाश जोशीले बताउनुभयो ।
विद्युत वितरण केन्द्र बैतडी र पाटनको टोलीले पनि सिगास गाउँपालिकामा विद्युतीकरणको कामलाई प्राथमिकतामा राखेको छ ।  विभिन्न वडाहरुबाट विद्युत लाईन विस्तारको काम भइरहेको विद्युत वितरण केन्द्र बैतडीका प्राविधिक प्रमुख माधव लेखकले बताउनुभयो ।
सोलारको भरमा बस्दै आएका स्थानीयहरुले विद्युत सेवा पुगेपछि खुसी व्यक्त गरेका छन् । गाउँमा विद्युत सेवा पुगेपछि अध्यारोको झन्झट हटेको स्थानीय राजेन्द्र सिंह धामीले जानकारी दिनुभयो  ।
०८२ भित्र पुर्णरूपमा विद्युतीकरण गर्ने लक्ष्यका साथ बैतडीमा धमाधम काम भैरहेको छ ।
citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.