

बैतडी : बैतडीको पाटनस्थित एक फर्निचर उद्योगमा काम गर्दै आएका कैलालीको कैलारी गाउँपालिका–६ का ३७ बर्षीय पुनाराम थारुको निस्सासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

शनिबार राति कोइला बालेर कोठामा सुतेका थारु बिहान अचेत अवस्थामा फेला परेका थिए।
उनको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो। मृतकका आफन्त आएपछि मात्रै शवको पोष्टमार्टम गरिने प्रहरी निरीक्षक पाण्डेयले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ।



