Jaya Bhagawati melauli sunchadi

बैतडीको पाटनमा खोप कार्यक्रम संचालनका लागि खोप कर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न

Patan vally

बैतडी : बैतडीको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको आयोजनामा खोप कार्यक्रम संचालनका लागि खोप कर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बिहीवार जिल्लाका दशवटै स्थानिय तहका पाराभेट/प्राईभेट  पशु सेवा प्राविधिकहरुलाई पशुपन्छी खोप सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाटनका कार्यालय प्रमुख गुमानी दत्त पन्तले जानकारी दिनुभयो ।

Kailpal bahudeshiya

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाटनका कार्यालय प्रमुख गुमानी दत्त पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका चिकित्सक विशाल चन्दले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा पशु सम्बन्धि खोप अभियान संचालन गर्दा ध्यान दिनुपर्ने बिषयका बारेमा जानकारी दिनुभएको थियो ।
पशुहरुलाई खोप लगाउदा कुन कुन खोप कति कति समयमा लगाउने, खोप संचय तथा ढुवानी गर्दा के के कुरामा  ख्याल गर्ने, कस्तो अवस्थामा पशुपन्छीहरुलाई खोप दिनु हुदैन, खोपले कस्तो अवस्थामा काम गर्दैन भन्ने बारेमा  पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका चिकित्सक चन्दले प्रशिक्षण दिनुभएको थियो ।


अभिमुखिकरण कार्यक्रममा खोपकर्ताहरुलाई खोप तथा खोप सामग्रीहरु  बितरण गरिएको थियो ।

खोप अभियान भोलि देखि नै पालिकाहरुमा संचालन हुने भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बैतडीका प्रमुख पन्तले बताए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.