Jaya Bhagawati melauli sunchadi

दोगडाकेदारमा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेश्रो पालिका अधिबेशन सम्पन्न, अध्यक्षमा जोशी चयन

Patan vally

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेश्रो गाँउपालीका अधिबेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न भएको गाँउपालिका अधिबेशनबाट बिष्णु दत्त जोशी अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

जोशीको अध्यक्षतामा २३ सदस्यीय  गाउँकमिटी सर्वसम्मत चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी जिल्ला अध्यक्ष प्रेम राज भट्टले बताउनुभयो।

Kailpal bahudeshiya

उपाध्यक्षमा बिर बहादुर बिष्ट,महिला उपाध्यक्षमा हिरा कुमारी भट्ट, सचिवमा कल्याण सिँह ऐरी, सह-सचिवमा दान बहादुर भाट,कोषाध्यक्षमा देव सिँह बिष्ट, सह-कोशाध्यक्षमा महेश्वरी चन्दसहित २३ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको हो।

यस्तै प्रदेश कमिटी सदस्यमा नरेन्द्र‌ प्रसाद भट्ट,बलदेव नाथ, नारायण दत्त भट्ट, भुवनेश्वरी भट्ट,करबिर राम भुल चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडी जिल्ला अध्यक्ष भट्टले बताए।

निवर्तमान अध्यक्ष बलदेव नाथको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य एंव दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए। बिशिष्ट अतिथि दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की रहनुभएको थियो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.