Jaya Bhagawati melauli sunchadi

पुर्चौडी नगरपालिका स्तरिय तेस्रो रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, डिलेश्वरी मावि प्रथम

Patan vally

बैतडी : बैतडीको पुर्चौंडी नगरपालिकामा माग २ गतेदेखि सुरु भएको नगर स्तरीय तेश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी डिलेश्वरी मावि हाटले जितेको छ । प्रतियोगितामा १२ स्वर्ण, ४ रजत र ५ कास्यसहित २१ पदक जितेर डिलेश्वरी मावि प्रथम भएको हो ।
पुर्चौडी नगरपालिका वडा नं –१ स्थित कमलविशाल पार्कमा सञ्चालन भएको प्रतियोगितामा नगरपालिका भरीका १९ ओटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

उक्त प्रतियोगितामा ७ स्वर्ण, ७ रजत र ४ कास्यसहित १८ पदक जितेर महादेव मावि शिबाबो दोश्रो भएको छ भने २ स्वर्ण, ४ रजत र ४ कास्य गरी १० पदक जितेर भूमीराज मावि कफलढुंग्रा तेश्रो भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुरेशप्रसाद जोशीले जानकारी दिनुभयो ।

Kailpal bahudeshiya

प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगर प्रमुख दिपकबहादुर बम, नगर खेलकुद विकास समितिका अध्यक्ष अमिर वड लगायतका व्यक्तिहरुले शिल्ड,ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

पुर्चौंडी नगर खेलकुद विकास समितिका अध्यक्ष अमिर वडको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा नगर प्रमुख बम प्रमुख अतिथी रहेका थिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.