Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौली २ स्थित धर्मघर माविको ७५औँ बार्षिकोत्सव कार्यक्रम सम्पन्न

Patan vally

बैतडी : धर्मघर माध्यमिक बिद्यालयको बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । आईतबार बैतडीको मेलौली नगरपालिका वडा नं. २ सलेना स्थित धर्मघर माध्यमिक विद्यालयको ७५औँ बार्षिकोत्सव तथा आभिभावक दिवस विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको उक्त बिद्यालयका शिक्षक केशब दत्त भट्टले जानकारी दिनुभयो ।

बार्षिकोत्सव कार्यक्रममा प्रधानाध्यापक जोशीले एक करोड २६ लाख बराबरको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

Kailpal bahudeshiya

ईश्वरी दत्त भट्ट “राजीब” को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द “भुकम्प” रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चन्दले बिद्यालयको समग्र बिकासका लागि नगरपालिकाबाट हुने सहयोग गर्न तयार रहेको बताए ।

यस्तै बिशिष्ट अतिथिमा मेलौली नगरपालिकाकी उपप्रमुख पार्वती बोहरा बिष्ट, मेलौली नगरपालिका सामाजिक बिकास समिति संयोजक तथा मेलौली वडा नं. ९ का वडा अध्यक्ष लोकराज भट्ट, मेलौली वडा नं. २ का वडा अध्यक्ष कृष्ण दत्त भट्ट, नेपाल तरुण दल बैतडीका कार्यबाहक अध्यक्ष तथा कपडा बैंक साहिलेकका संयोजक महेश भट्ट लगायत शिक्षक अभिभावक तथा बिद्यार्थीहरुको भब्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा कपडा बैंक साहिलेकका संयोजक भट्टले बिद्यालयले छनोट गरेका अति बिपन्न परिवारका १५ जना बिद्यार्थीहरुलाई न्यानो कम्बल समेत बितरण गरेका थिए ।

 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.