Jaya Bhagawati melauli sunchadi

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन आह्वान

Patan vally
Kailpal bahudeshiya

प्रदेशका प्रमुख नजिर मियाँले यही साउन २७ गते दिउँसो २ बजे प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गरेका छन्। प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले आज प्रदेशसभाको पाँचौँ अधिवेशन आह्वान गर्नुभएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सरकारले दुई दिनअघि मात्रै प्रदेशसभाको चालु चौथो अधिवेशन अन्त्य गरेर बिहीवार राजश्व सङ्कलन सम्बन्धी अध्यादेश ल्याएको थियो। उक्त अध्यादेश प्रदेश प्रमुखबाट बिहीवार नै प्रमाणीकरण भइसकेको छ।

अध्यादेश प्रमाणीकरणसँगै आर्थिक वर्ष २०८१/८२को बजेट पारित हुन नसकेर रोकिएको प्रदेश सरकारको कर सङ्कलनसम्बन्धी काम अगाडि बढेको छ।  बजेट पारित हुन नसकेर प्रदेश सरकार मातहतका कार्यालयको कर सङ्कलन लगाएतको काम ठप्प भएको थियो।  तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि प्रदेशसभामा असार १ गते प्रस्तुत बजेट पारित हुन नसकेर अलपत्र परेको थियो।

सरकारले अध्यादेश जारीगरी कर सङ्कलनको वातावारण बनाए पनि बजेट शून्यताको अवस्था भने अझैँ अन्त्य भएको छैन। मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिइसकेपछि बजेटका विषयमा कारवाही अघि बढाउने तयारी गरेका छन्।  त्रिपन्न सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेसका १८, नेकपा एमालेका ११,नेकपा माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा एकीकृत समाजवादीका चार,राप्रपाका एक र एक स्वतन्त्र सदस्यको प्रतिनिधित्व छ।

 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.