Jaya Bhagawati melauli sunchadi

सुर्नया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि शंकर संस्कृत मावि लाई

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीको सुर्नया गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि शंकर संस्कृत मावि मूलखटालीले जितेको छ ।

बिहीबार सम्पन्न भएको प्रतियोगितामा ८ स्वर्ण, ३ रजत र ६ कास्यसहित १७ पदक जितेर मावि मूलखटाली प्रथम भएको हो ।

यस्तै ७ स्वर्ण, ४ रजत र ६ कास्यसहित १७ पदक जितेर केदार मावि कठमडा दोश्रो भएको छ भने ४ स्वर्ण, ५ रजत र २ कास्यसहित ११ पदक जितेर रौलेश्वर मावि रामकी बरायल तेश्रो भएको छ ।

यस्तै २ स्वर्ण, ३ रजत र १ कास्यसहित ६ पदक जितेर सिगास मावि मुसेले सान्त्वना स्थान प्राप्त गरेको छ ।

गएको मंगलबारदेखि शुरु भएको प्रतियोगितामा पालिकाभरीका १३ ओटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.