Jaya Bhagawati melauli sunchadi

महाकाली भन्सार कार्यालय झुलाघाटको राजस्व संकलनमा वृद्धि

Chand Kirana Pasal
Patan vally

बैतडीको महाकाली भन्सार कार्यालय झुलाघाटको राजस्व संकलनमा वृद्धि भएको छ । भारतसँग सिमानाका जोडिएको बैतडीको महाकाली भन्सार कार्यालय झुलाघाटले लक्ष्यको १७० प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

पछिल्लो केही वर्ष यता राजस्व संकलन कमी आइरहेकोमा आर्थिक वर्ष २०८०/०८१ मा  भने ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको महाकाली भन्सार कार्यालय झुलाघाटका प्रमुख अनिल झाले जानकारी दिए । कार्यालयले ५० लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

भन्सार महसुल, भन्सार सेवा दस्तुर, मृल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त रकम राजस्व संकलन गरिएको हो । यो नाकाबाट कपडा, भाडाकुँडा, चिनी लगायतका घरायसी प्रयोजनका सामानहरु मात्रै भित्रिने गरेका छन् ।

Kailpal bahudeshiya

पैठारीबाट ६३ लाख ७७ हजार २ सय ६४ रुपैँया, मुल्य अभिवृद्धि करबाट, २१ लाख ७२ हजार ९ सय ५ रुपैँया, भन्सार सेवा दस्तुरबाट १ लाख ८ हजार रुपैँया र अन्तः शूल्क बाट २५ हजार ९ सय २१ रुपैँया राजस्व संकलन गरिएको झाले जानकारी दिए ।

विगतका वर्षहरुमा राजश्व असुलीमा व्यापक गिरावट भएको भएपनि यस वर्ष भने राजश्व असुलीमा व्यापक वृद्धि भएको हो । आर्थिक वर्ष २०७९/८० मा ३८ लाख राजश्व असुली गर्ने लक्ष्य लिइएकोमा ३५ लाख ३८ हजार रुपैयामा मात्रै राजश्व संकलन गरेको थियो ।

‘नेपाल पट्टी पनि विभिन्न मेलापर्वहरुमा सरसामान भित्रियो, विगतका वर्षहरु भन्दा बजार क्षेत्रमा पनि चहलपहल बढेको छ’ झाले भने ‘त्यसका कारण राजस्व संकलनमा पनि वृद्धि भएको हो ।’

भारतीय बजारबाट मात्रै सामान आयात हुने गरेको छ । यहाँको उत्पादन तरकारी लगायतका अन्य कुनै पनि नेपाली उत्पादन भने निर्यात हुने गरेको छैन् । केही समय पहिले ध्यु र भटमास निर्यात हुने गरेको भएपनि अहिले त्योे पनि छाडेको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.