Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा एचपीभी खोप अभियान सम्पन्न, ११८३ किसोरीले खोप लगाए

Chand Kirana Pasal
Patan vally

बैतडी : बैतडीको मेलौलीमा एचपीभी खोप अभियान सम्पन्न भएको छ ।

सरकारले माघ २२ गतेदेखि देशभर एचपीभी खोप अभियान सुरु गरेको थियो । पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानमा मेलौली नगरपालिकामा १ हजार १ सय ८३ जनाले खोप लगाएका मेलौली नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सि.अ.हे.ब अधिकृत राज बहादुर चन्दले जानकारी दिनुभयो ।

माघ २७ गतेदेखि खोप अभियान सुरु गरेको पालिकाले बुधबार लक्षित संख्याको ९९ प्रतिशत किसोरीहरुलाई खोप लगाएको सि.अ.हे.ब अधिकृत चन्दले बताए ।

Kailpal bahudeshiya

देशभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किसोरीहरुलाई खोप लगाउने सरकारको लक्ष्य रहेको थियो ।

नगरपालिकाले एचपीभी खोप अभियानका लागि स्वास्थ्य संस्था र बिद्यालय गरि ३२ वटा खोप केन्द्र तोकेको थियो । खोप अभियानमा पालिकाले एक खोप केन्द्रमा एक स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटाएको थियो ।

स्वास्थ्य समस्या र घर बाहिर रहेका बाहेक सबैले खोप लगाएको पालिकाले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.