

बैतडी: बैतडीको मेलौली नगरपालिका–३ का ३८ वर्षीय गणेश सिंह भाट बाघको आक्रमणबाट घाइते भएका छन्। सोमबार बिहान करिब १०ः५० बजे बाख्रा चराउन गएका बेला कौलाखोला भन्ने स्थानमा बाघले आक्रमण गरेको मेलौली वडा नं. ३ का वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिनुभयो ।

अध्यक्ष भाटका अनुसार बाघले पछाडिबाट आक्रमण गर्दा गणेश सिंह भाट घाइते भएका थिए। आक्रमणको क्रममा भाटले आफूसँग रहेको हसियाँ प्रयोग गरी बाघलाई हानेर भाग्न सफल भएका थिए।
घाइते भाटलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि पाटन पठाइएको अध्यक्ष भाटले जानकारी दिएका छन्। बाघको आक्रमणपछि स्थानीयवासीमा साँझ बिहानको समयमा खेतबारी तथा जङ्गलमा जादा सर्तकता अपनाउन मेलौली वडा ३ को कार्यालयले अनुरोध गरेको छ ।



