Jaya Bhagawati melauli sunchadi

बैतडीको एक पालिकाले कक्षा ८ को परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगद पुरस्कार दिने

Patan vally

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाले  कक्षा ८ को परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ।  पालिकाभरीमा प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिने सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताउनुभयो ।

Kailpal bahudeshiya

विद्यार्थीहरुको मनोबल बढाउन पुरस्कारको व्यवस्था गरिएको उनले बताए । पालिकास्तरीय कक्षा ८ को परीक्षामा प्रथम हुनेलाई ८ हजार, दोश्रो हुनेलाई ६ हजार र तेश्रो हुनेलाई ४ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने गाउँ शिक्षा समितिले निर्णय गरेको शिक्षा शाखा प्रमुख अवस्थीले बताए ।

सुर्नया गाउँपालिकाभरी चालु शैक्षिक सत्रमा ४ सय १२ जना परीक्षार्थी कक्षा ८ को परीक्षामा सहभागी हुँदैछन् ।सुर्नया गाउँपालिकाले कक्षा ८ को पालिकास्तरीय परीक्षा आठओटा केन्द्रबाट सञ्चालन गर्ने तयारी गरेको छ ।

परीक्षाको तयारी अन्तिम अवस्थामा पुगेको शिक्षा शाखा प्रमुख अवस्थीले बताए ।  यहि  फागुन २६ गतेदेखि गतेदेखी  कक्षा ८ को परिक्षा सञ्चालन हुँदै छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.