Jaya Bhagawati melauli sunchadi

नेपाल उत्पीडित जातिय मुक्ति समाज बैतडीको ९औं जिल्ला सम्मेलनबाट अध्यक्षमा सेरला चयन

Patan vally

बैतडी : नेपाल उत्पीडित जातिय मुक्ति समाज बैतडीको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

Kailpal bahudeshiya

“जातिय भेदभाव तथा छूवाछूतको अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौ, समानुपातिक समावेशी पुर्ण प्रतिनिधित्वको संवैधानिक अग्रधिकार सुनिश्चत गरौ” भन्ने नाराका साथ ९औं जिल्ला सम्मेलन बैतडीमा सम्पन्न भएको छ । सम्मेलनबाट सुरेश सेरलाको अध्यक्षतामा ३५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको नेपाल उत्पीडित जातिय मुक्ति समाज बैतडीका ईन्चार्ज, केन्द्रीय सदस्य तथा पार्टी प्रदेश समिति सदस्य बलभद्र दयालले जानकारी दिनुभयो ।

अधिवेशनबाट उपाध्यक्षमा मनिराम लुहार, पुने सार्की, सचीवमा राकेश चुनारा, सहसचिवमा मदन लुहार, हरिराम नेपाली र कोषाध्यक्षमा सोभा महर चयन हुनुभएको हो ।

नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुक्ति समाजका केन्द्रीय कमिटी उपाध्यक्ष, पार्टीका केन्द्रीय कमिटी सदस्य तथा बैतडी जिल्ला ईन्चार्ज लिलाधर भट्ट पार्टी जिल्ला अध्यक्ष नरेश बिक, मुक्ति समाज बैतडीका ईन्चार्ज, केन्द्रीय सदस्य तथा पार्टी प्रदेश समिति सदस्य बलभद्र दयाल लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.