


बैतडी : बैतडीको सिगास गाउँपालिका-५ स्थित भुवनेश्वरी मावि खैरकोटका प्रअ बिरेन्द्रसिंह धामीले आफुमाथी हातपात भएको बताएका छन् ।
स्थानीय जगदीश धामीले कार्यकक्षमै आएर हातपात गरेको बताएका हुन् ।
मङ्गलबार दिउसो शिक्षकहरुसङ्ग कार्यालयमा बसिरहेको अवस्थामा आफुमाथी जगदीश धामीले हातपात गरेको प्रअ धामीले बताए ।
“जगदीश भुपु कास पनि हुन्, उनले हिजो कार्यक्षमै प्रवेश गरि हातपात गर्नुकासाथै ज्यान पार्ने धम्की समेत दिए, म प्रहरीमा निवेदन लेख्दैछु ।” प्रअ धामिले सेभेन स्टारसङ्ग भने ।
आफुलाई कासबाट किन हटाएको र पुनरबहाली गर्नुपर्ने भनेर जगदीशले आफुलाई आक्रमण गरेको प्रअ धामीले बताए ।
उनले कासको रुपमा कार्यरत रहेको अवस्थामा समेत संतोषजनक काम नगरेकाले विव्यसको बैठकबाट निर्णय गरि हटाइएको प्रअ धामीले बताए । “उनी कासको रुपमा रहदापनी उनले धेरै पटक स्पष्टीकरणमा परेका हुन्, त्यसपछि अति भएपछि बिब्यसबाट निर्णय गरि हटाइएका हुन्” । उनले भने
यता जगदीश धामिले आफुले हातपात नगरेको दाबी गरेका छन् ।
आफुलाइ पुनरबहाली गर्न गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाइ र जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएको बताएका छन् । पुनरबहालीको विषयमा छलफलका लागी प्रअले नै मलाई बोलाएको र मैले हातपात नगरेको उनले दाबी गरे ।
यस विषयमा अनौपचारिक रुपमा जानकारी आएको भएपनी औपचारिक रुपमा निवेदन आइनसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।



