

बैतडी : बैतडीको गोकुलेश्वरमा रहेको सेटीगांउ बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको लागी फर्जि विद्यार्थी भर्ना गरेको र सहमती बिपरित क्याम्पस प्रशासनले मनोमानी ढंगले एकलौटी रुपमा नेबिसंघ र अखिल क्रान्तिकारीलाइ परिचयपत्र दिएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको एमाले जिल्ला कमिटी सदस्य अनेरास्ववियु सह-इन्चार्ज नरेन्द्र नाथले बताए।

नाथका अनुसार क्याम्पसमा विद्यार्थी भर्ना म्याद सकिएको १० दिन पछि फर्जि विद्यार्थी भर्ना गरेको र मतदाता अनुसार परिचयपत्र बितरण नगरेको भन्दै सोमबार तालाबन्दी गरिएको हो ।
नेबिसंघ र अखिल क्रान्तिकारीले हार्ने डरका कारण क्याम्पस प्रशासनले परिचयपत्र एकमुष्ट रुपमा नेबिसंघ र अखिल क्रान्तिकारीलाइ दिएको, निर्वाचनको मुखमा फर्जी विद्यार्थी भर्ना गरेको, र परिचयपत्र सम्बन्धित विद्यार्थीहरुलाई बितरण नगरेका कारण तालाबन्दी गरेको अनेरास्ववियुले जारी गरेको बिज्ञप्तीमा भनिएको छ ।



