

बैतडी : बैतडीको डिलाशैनी ६ गोकुलेश्वरमा रहेको सेटिगाउँ बहुमुखी क्याम्पसमा लागेको ताला खुलेको छ ।

स्ववियु निर्वाचनको मुखमा भर्ना समय सकिएको १० दिन पछि फर्जी विद्यार्थी भर्ना गरेको परिचयपत्र सम्बन्धित विद्यार्थीलाई नदिएको र फर्जी विद्यार्थीलाई नै उम्मेदवार बनाएको भन्दै एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हिजो सोमबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए ।
क्याम्पस प्रशासनले गल्ती स्वीकार गर्दै ४ जना फर्जी विद्यार्थीलाई हटाएर एक जनाको उम्मेदवारी नै खारेज गरेपछि हिजो राति नै ताला खुलेको अनेरास्ववियुबाट सभापति पदका उम्मेदवार समेत रहेका रमेश मालले बताए । परिचयपत्र समेत सम्बन्धित विद्यार्थीलाई दिने सहमति भएपछि ताला खोलेको उनले बताए ।
क्याम्पस निर्वाचन समितिमा लागेको ताला खुलेपछि मतदान प्रक्रिया आज बिहान १० बजेदेखि सुरु हुने बताएको छ ।



