Jaya Bhagawati melauli sunchadi

बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण हस्तान्तरण

Patan vally

बैतडीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । नेपाल जर्मन फाउण्डेसनको सहयोगमा जिल्लाको पाटन नगरपालिका-६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको छ ।

इलेक्ट्रोलाइट एनालाइजर, हेमोलोटोजी एनालाइजर र फाइन केयर थ्री प्लस मेसिन फाउण्डेसन मार्फत प्राप्त गरेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका प्रमुख प्रेमसागर भट्टले बताउनुभयो । उक्त मेसिनले मृगौलाको चेकजाँच, थाइराइड चेकजाँच र रगतको चेकजाँचलगायत विभिन्न रोगहरुको चेकजाँचका लागि प्राप्त उपकरणहरुले सहयोग पुग्ने उहाँले जानकारी दिनुभयो ।

Kailpal bahudeshiya

सरकारसंग उक्त उपकरणका लागि बेला-बेलामा आग्रह गरेपनि प्राप्त नभएकाले मृगौला तथा थाइराइडको चेकजाँचका लागि बैतडी र डडेल्धुरा अस्पतालहरु सम्म पुग्नुपर्ने बाध्यता रहेको थियो ।

पाटन नगरपालिका-६ घर भई हाल जर्मनीमा बस्दै आएका पुष्पराज जोशीको पहलमा झण्डै ५० लाख बराबरका ती उपकरणहरु प्राप्त गरेको प्रमुख भट्टले बताउनुभयो ।

आइतबार प्राथमिक स्वास्थ्य केन्द्रमा पाटनमा आयोजित कार्यक्रममा पुष्पराज जोशीका भाइ महेन्द्र जोशीले उपकरणहरु हस्तान्तरण गरेका हुन् । उक्त संस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ ।

उपकरण आएपछि पाटन सहित बैतडीको मेलौली नगरपालिका, सुर्नया, शिवनाथ र पचेश्वर गाउँपालिका नागरिकलाई सहज हुने प्राथमिक स्वास्थ्य केन्द्र पाटनले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.